नियम २३
ऋणपत्रको कारोबार स्थगन गर्न सक्ने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऋणपत्रको दोस्रो बजार कारोबार मूल्यमा अस्वाभाविक रुपमा उतार चढाव आएमा धितोपत्र बोर्डले त्यस्तो कारोबार स्थगन गर्न धितोपत्र बजारलाई निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋणपत्रको मूल्यमा अस्वाभाविक रुपमा उतार चढाव आएको कारण त्यसमा तत्काल नियन्त्रण गर्नु पर्ने अवस्था देखेमा धितोपत्र बजारले त्यस्तो कारोबार स्थगन गरी सोको कारण सहितको जानकारी धितोपत्र बोर्डलाई तुरुन्त दिनु पर्नेछ ।